काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेपछि ओमनले बलिङ गर्ने भएको हो ।
वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी– २० विश्वकपमा स्थान सुनिश्चित गरिसकेका दुई टोलि नेपाल र ओमान उपाधिका लागि आज फाइनल खेल्दै छन् ।
खेलमा नेपालका भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीलाइ आराम दिइएकाे छ भने उनकाे स्थानमा सन्दिप जोराले स्थान बनाएका छन् ।
समुह चरणमा एउटै समूहमा रहेका दुइ टोलि बिच भएको रोमाञ्चक खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।
फाइनलमा नेपाल संग ओमानसंग बदला लिने अवसर छ । नेपाल ओमनको अपराजित यात्रामा पुर्णविराम लगाउदै उपाधि जित्न चाहन्छ भने ओमान आफ्नो जितलाई निरन्तरता दिदै उपाधि रक्षा गर्ने दाउमा छ ।