• शनिबार, साउन ९ २०८३

जाजरकोट भूकम्प: मृतकका परिवारलाई २ लाख दिने निर्णय


आइतबार, कार्तिक १९ २०८०
2K
Shares

काठमाडाैं । सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

आज (आइतबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ।

भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ। यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार