• शनिबार, साउन ९ २०८३

टी–२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान आमने सामने


आइतबार, कार्तिक १९ २०८०
2.4K
Shares

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको उपाधिका लागि नेपाल र ओमान आज आमने सामने हुदैछन् ।

वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी– २० विश्वकपमा स्थान सुनिश्चित गरिसकेका दुई टोलि नेपाल र ओमान उपाधिका लागि आज फाइनल खेल्ने भएका हुन् ।

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराएको थियो भने ओमानले बहराइनलाई १० विकेटले जित निकालेको थियो ।

यि दुबै टोलि एसिया छनोटमा एउटै समूहमा थिए । समूह चरणमा यी दुई टोलीबीच भएको रोमाञ्चक खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो । फाइनलमा नेपाल संग ओमानसंग बदला लिने मौका छ भने ओमान आफ्नो जितलाई निरन्तरता दिन चाहान्छ । फाइनलसम्म आइपुग्दा ओमान अपराजित छ ।

गत वर्ष भएको टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए ।

नेपालले गत वर्ष सेमिफाइनलमै यूएईसँग हार ब्याहोर्दै विश्वकपबाट बाहिरिएको थियो भने यस पटक उसैलाई हराउदै विश्वकपमा स्थान बनायो ।

२०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो ।

#NEPvsOMN

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार