• शनिबार, साउन ९ २०८३

राजतन्त्रले गुमायो, गणतन्त्रले फिर्ता ल्यायो : प्रचण्ड


शनिबार, जेष्ठ ३१ २०७७
1.1K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन्।

शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताए।

‘राजतन्त्रले गुमाएको नेपाली भूभाग गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको छ’, उनले भने।

‘निरंकुश पञ्चायती तानाशाहीका प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने दिमा हामी आइपुगेका छौँ’, प्रचण्डले भने।

नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलक एकतालाई सुदृढ गर्ने समय आएको बताउँदै अध्यक्ष प्रचण्डले ऐतिहासिक महाअभियानलाई सफल पार्ने देशको गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट सुरु भएको बताए।

उनले भने, ‘गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट यहाँसम्म आइपुगेक हौं, राष्टि«समझदारी बनाएका छौं, संविधान संशोधन गर्दै नक्सा सच्याइयो। अब निशान छाप सच्चिन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार