• शनिबार, साउन ९ २०८३

टी-२० विश्वकप छनोट : नेपालले टस जित्यो, ओमन ब्याटिङ गर्दै


बिहिबार, कार्तिक १६ २०८०
1.8K
Shares

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेकाे छ । आज बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र ओमनबीच खेल भइरहेकाे हाे ।

नेपालले समूह चरणको अन्तिम खेलमा ओमनविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । अहिले ओमन ब्याटिङले ब्याटिङ गरिरहेकाे छ ।

नेपाल र ओमनले सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

ओमनले मलेसियालाई ३२ रनले हराएको थियो भने सिंगापुरलाई २२ रनले हराएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार