• शनिबार, साउन ९ २०८३

मलेसिया लाई ६ विकेटले हराउँदै नेपाल टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा


मंगलबार, कार्तिक १४ २०८०
2.1K
Shares

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

टस जितेर मलेसियाले दिएको १६६ रनको लक्ष नेपालले चार विकेटको क्षतिमा पुरा गर्यो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक पारि खेले ।

मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए भने ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौका सहित ४३ रन बनाए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने दुबै टिमको टुङ्गो लागेको छ । नेपाल सहित समुह ए बाट ओमान सेमिफाइनल पुगेकाे छ । ओमानले आज बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो ।

पराजयसँगै सिंगापुर र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार