• शनिबार, साउन ९ २०८३

टस हारेर नेपालले मलेसिया विरुद्ध पहिले बलिङ गर्दै


मंगलबार, कार्तिक १४ २०८०
1.9K
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र मलेसिया बिचकोखेलमा मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको छ ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

मलेसिया भने पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रदै छ । पहिलो खेलमा मलेसिया ओमानसँग पराजित भएको थियो ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजेदेखि सुरु भएको छ ।

तस्वीर– क्यान फेसबुक पेज

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार