• शनिबार, साउन ९ २०८३

युद्धविरामका लागि राष्ट्रसंघले गरेको आग्रहलाइ इजराइलद्धारा अस्वीकार


मंगलबार, कार्तिक १४ २०८०
1.5K
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गरेका छन् ।

उनले टेलिभिजन सम्बोधन गर्दै युद्धविराम गर्नु हमासको, आतंकवादसामु आत्मसमर्पण गर्नु सरह रहेको भन्दै युद्धविरामको आग्रह अस्वीकार गरेका हुन् ।

इजरायलमाथि हमासविरुद्धको युद्ध विराम गर्न अन्तराष्ट्रिय दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नभएको बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले हमासविरूद्धको लडाइँमा इसराइललाई समर्थन गर्न आग्रह समेत गरेका छन् ।

इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए ।

लगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा आक्रमण जारी राखेको छ । उक्त आक्रमणबाट हालसम्म ८ हजारभन्दा धेरै मारिएका छन् भने लाखौं नागरिक विस्थापित भएका छन् ।

आइतबार संयुक्त राष्ट्रसंघको महासभामा गाजामा मानवीय सहायता पुर्‍याउन तथा युद्धविरामका लागि जोर्डनले प्रस्ताव राखेको थियो ।

उक्त प्रस्तावमा मतदान हुँदा नेपालसहित १२० राष्ट्रले युद्धविरामका पक्षमा मत दिएका थिए । अमेरिका सहित १४ मुलुकले विपक्षमा मतदान गरे भने ४५ देश मतदान प्रक्रियामा सहभागी नै भएनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार