काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमवार सिंगापुरबिरुद्ध आठ विकेटको जित निकालेको थियो ।
आठ टिम सहभागी रहेको प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, हङकङ र कुवेत छन् ।