• शनिबार, साउन ९ २०८३

मुगुमा एकै परिवारका चार जनाको हत्या


शुक्रबार, कार्तिक १० २०८०
1.7K
Shares

मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै घरका चार जनाको हत्या भएकाे छ। मुन्दु गाउँमा एकै घरपरिवारका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

२८ वर्षीया श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी छिता बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको हत्या भएको हो।

घाँटी रेटि हत्या गरिएको अवस्थामा शुक्रबार बिहान साढे ९ बजेको समयमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार