• सोमबार, साउन ११ २०८३

नाै दिनदेखि किन हिरासतमा छन् नेकपा प्रवक्ता धर्मेन्द्र बाँस्तोला ?


शुक्रबार, कार्तिक १० २०८०
1.5K
Shares

काठमाडाैं । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ९ दिनदेखि प्रहरी हिरासतमा रहेकाे खुलेकाे छ ।

नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन् ।

कात्तिक २ गते राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दशैं मनाउन सुर्खेत जानेक्रममा बाँस्तोलाले चलाएको गाडीले माेटरसाइकल चालक चाैधरीकाे मृत्यु भएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार