काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।