• शनिबार, साउन ९ २०८३

उपचारपछि आज चीनबाट स्वदेश फर्किंदै गृहमन्त्री श्रेष्ठ


बुधबार, कार्तिक ८ २०८०
2.2K
Shares

काठमाडौं । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि बेइजिङमै अस्पताल भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी उपचारपछि आज (बुधबार) स्वदेश फर्कँदै छन् ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपछि दुई दिनअघि उनी डिस्चार्ज भएका थिए ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को-अपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ अहिले केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवलायले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार