• शनिबार, साउन ९ २०८३

इजरायली आक्रमणमा झण्डै ६ हजार मानिस मारिए, गाजाका ६ अस्पताल बन्द


बुधबार, कार्तिक ८ २०८०
1.9K
Shares

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायलले गरिरहेको हवाई हमलामा ५ हजार ७ सय जनाभन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ।

यस्तै हमासको आक्रमणमा १४०० भन्दा बढी इजरायली नागरिक मारिएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इन्धन अभावका कारण गाजाका ६ वटा अस्पताल बन्द गर्नुपरेको जनाएको छ।

यसैबीच इजरायली सेनाले गाजामा केही पर्चा खसालेका छन्। जसमा लेखिएको छ– ‘यदि तपाईं आफ्नो र आफ्ना बालबालिकाको राम्रो भविष्य चाहनुहुन्छ भने बन्धकहरूको बारेमा जानकारी दिनुहोस्।’ गाजामा हमासको सत्ता छ।

डब्ल्यूएचओका अनुसार गाजाका अस्पतालमा हजारौं मानिस डायलासिसमा छन्। स्थितिमा सुधार भएन भने आईसीयूमा रहेका बिरामीको ज्यान जानसक्छ।

गाजामा ५४ ट्रक राहत सामग्री र औषधि र खाद्यान्न पुगेका छन्। तर त्यसमा इन्धन थिएन। आगामी दिनमा गाजामा इन्धन आपूर्ति हुन्छ कि हुँदैन भन्ने कुनै जानकारी छैन। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार