गोरखा । सरकार विरुद्ध गोरखामा पनि प्रदर्शन सुरु भएको छ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउनको आव्हान गरि जनतालाई घरमा थुनेर राखेर सरकारले जन हितमा काम गर्न नसकेको भन्दै गोरखाका युवाहरु सडक उत्रेका हुन ।
त्यस्तै उनिहरुले पछिल्लाे समय काेराेनाका नाममा भ्रष्टाचार बढेकाे भन्दै तत्काल खर्च सार्वजानिक गर्न समेत माग गरेका छन् ।
पीसीआर परीक्षणलाई तीव्रता नदिई आरडीटी परीक्षणलाई प्राथमिकता दिएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, महामारीसँग जुध्न सरकारले पर्याप्त प्रयास नगरेको भन्दै बिभिन्न नारा लेखिएका पोष्टर पम्प्लेट सहित प्रदर्शनमा उत्रेका छन् ।
शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म गोरखा बजारको हरमटारी चोकमा युवाहरुले ‘साइलेण्ट’ प्रदर्शन आयाेजना गरेका छन् । प्रदर्शनमा गोरखाका करिब एक सय जनाभन्दा बढी युवाहरु सहभागी भएका छन् ।
हेर्नुस प्रर्दशनको १० तस्विर (तस्विर : मोहसिन अलि मियाँ / सिभिलखबर)







