• शनिबार, साउन ९ २०८३

गृहमन्त्री श्रेष्ठलाई जनरल वार्डमा सारियो, अहिले कस्ताे अवस्था ?


शुक्रबार, कार्तिक ३ २०८०
1.6K
Shares

चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले शुक्रबार बिहान दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको हो।

बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो। उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।

बिहीबार (हिजो) बिहान गृहमन्त्री श्रेष्ठले चीनका सामाजिक सुरक्षामन्त्रीलाई भेट्ने कार्यक्रम थियो। तर, राति नै हृदयाघात भएपछि उनीहरुबीचको भेटघाट स्थगित भएको छ।

हृदयाघात भएपछि श्रेष्ठको मुटुको एन्जीओप्लास्टी गरिएको छ।

गृहमन्त्री श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्। सम्मेलनमा सहभागी भएर श्रेष्ठ आज(शुक्रबार) नेपाल फर्किने कार्यक्रम थियो। बिरामी परेपछि उनको चीन बसाइ लम्बिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार