• शुक्रबार, साउन ८ २०८३

एनआरएनए चुनावमा धाँधलीको आरोप : ‘सिस्टम ह्याक गरेर केसीले जिते’


शुक्रबार, कार्तिक ३ २०८०
2.4K
Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । केसीसँग प्रतिस्पर्धा गरेका आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।

महासचिवका उम्मेदवार डा. केशव पौडेललाई काठमाडौँबाट झरेको मत शून्य देखाएपछि उनीहरूले शंका गरेका हुन् । उक्त मत परिणाम हेर्दा काठमाडौँबाट पौडेल आफैले आफैलाई मत नदिएको परिणाम देखाएको थियो । ताकि काठमाडौँबाट मात्रै ८ सय बढी मत खसेको थियो ।

 

काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।

‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ’ श्रेष्ठले मतदातालाई सम्बोधन गर्दै भने ।

‘अब एनआरएनए शून्यमा गयो । परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्छ । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइयो’ शर्माले भने ।

त्यस्तै उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले निर्वाचनमा धाँधली गरेको आरोप लगाए । उनले जितलाई स्वीकार नगर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार