• शनिबार, साउन ९ २०८३

एनआरएनएकाे युवा उपाध्यक्षमा उदाउँदैछन् अब्दुल बासिद !


बुधबार, कार्तिक १ २०८०
2.1K
Shares

काठमाडाैं । स्वदेशमा लगानी गरेर धेरै नेपालीहरुलाई रोजगारी दिईरहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा संयोजक अब्दुल बासिदले आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आफू विदेशमा क्रियाशील भएपनि नेपालमा समेत लगानी बढाएर रोजगारीको सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन् । स्वदेशमा नै उद्यमशील बन्न सिकाएर उदाहरणीय बनेका बासिद एनआरएनए अभियानलाई निरन्तरता दिने उद्देश्यका साथ आफूले युवा उपाध्यक्षमा उम्मेदवारी दिएकाे उनकाे भनाई छ ।

‘म लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै आएको छु । हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएको छु । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्समार्फत केही नेपालीहरुलाई रोजगारी प्रदान गर्दै आएको कुरा तपाईंहरुमाझ विदितै छ’, उनले भने ।

उनले एनआरएनएको युवा उपाध्यक्षमा निर्वाचित भएको खण्डमा स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । ‘कर्मथलो विदेश भए पनि मातृभूमि नेपालमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीहरुलाई रोजगारी दिने विश्वास दिलाउँन चाहन्छु । विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न पनि म अपिल गर्न चाहन्छु’, उनले भने ।

बिगतमा आफूले एनआरएनए कतार र एनआरएनए आईसीसी लगायत विभिन्न संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहेको पनि उनले बताए । ‘युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरुलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रुपमा उठाउँन समर्पित हुनेछु’, युवा उपाध्यक्षका उम्मेदवार रहेका बासिदले भने ।

युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउँने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता आफ्नो मूल मुद्दाहरु भएको उनले बताए ।

आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी निर्णय गरेको उनले बताए । उनकाे पक्षमा अधिकांश एनआरएनहरु खुलेर समेत लागेका छन् ।

उम्मेदवारी दर्तासँगै उनले युवाहरूका लागि १ करोडको कोष स्थापना गर्ने योजनाको घोषणा गरेपछि एनआरएनए अभियन्ताहरूबीच तरङ्ग नै पैदा भएको छ । एनआरएनए स्पोर्टस् एकेडेमी निर्माणका लागि उनले यो कोष घोषणा गरेका हुन् ।

आफ्नो कार्यकालका लागि आफूले गर्ने काममध्ये प्रमुख काम एनआरएनए स्पोर्टस् एकेडेमी निर्माण गर्ने र त्यसका लागि व्यक्तिगत ५ लाखबाट शुरुवात गरेर आफ्नो कार्यकालमा १ करोडको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले उक्त कोष खडा गर्नुका कारण देश समृद्ध बनाउन र एनआरएनए अभियान सफल बनाउन युवाहरूलाई विशेष परिचाल आवश्यक रहेको र यस्तो योजना ल्याउन अत्यावश्यक भएको बताए ।

कतार, बेलायत तथा नेपालमा व्यवसाय गर्दै आएका सफल व्यवसायी बासिदले एनआरएनएभित्र युवाका लागि पद मात्र दिइएको र काम गर्ने जिम्मेवारी नदिएको हुँदा अव जिम्मेवारी सहित काम गर्न एनआरएनए युवा उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार