प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका छन्।
मंगलबार साँझ स्वास्थ्यजाँचका लागि उनी नर्भिक पुगेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।
निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार चेकजाँचका लागि उनी नर्भिक गएका हुन्।
प्रधानमन्त्री प्रचण्डको नर्भिक अस्पतालमा परीक्षण भइरहेको जानकारी दिँदै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले परीक्षण रिपोर्ट हेरेपछि मात्रै भर्ना हुने नहुनेबारे थाहा हुने बताए।