• शुक्रबार, साउन ८ २०८३

एनआरएनएको ११ औँ विश्व सम्मेलन आजदेखि , यि हुन् अध्यक्षका उम्मेदवार


मंगलबार, असोज ३० २०८०
2.7K
Shares

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महादिवेशन आज असोज ३० गतेदेखि सुरु हुदैछ ।

काठमाडौँमा आयोजना गरीएको एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन हुने महादिवेशनको समापन कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हुने जनाइएको छ ।

११औँ महाधिवेशन तथा २० औँ वर्षगाठ ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित रहेर आयोजना हुन लागेको हो ।

उद्घाटनको दिन आज असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष कार्यक्तमको आयोजना गरिनेछ ।

यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने जनाइएको छ ।

५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले विश्वभरबाट निर्वाचनमा ‘फेसियल भेरिफिकेशन’ मार्फत मतदान गर्नेछन् ।

अध्यक्षमा चार जनाकाे दाबी 

एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षीले प्रतिस्पर्धा गर्दैछन् । महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएको एनआरएनएले जनाएको छ ।

त्यस्तै ६ जना निर्वाचित हुने उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ ।

महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार