• शनिबार, साउन ९ २०८३

गठबन्धनको नाममा देश ४/५ जना नेताको प्राइभेट क्लब बन्योः गगन थापा


शुक्रबार, असोज २६ २०८०
1.7K
Shares

गोरखा । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनको नाममा देश ४र५ जना नेताको प्राइभेट क्लबजस्तो बनेको आरोपसमेत लगाएका छन् । शुक्रबार कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले वर्तमान गठबन्धन केहि नेताको प्राइभेट क्लब बनेको बताएका हुन् । ‘म कांग्रेसको महामन्त्री छु, बेला–बेला के सुन्छु भने गठबन्दन दलको बैठक बस्यो, यस्तो निर्णय भयो, त्यस्तो निर्णय भयो,’ उनले भने, ‘कहाँ बस्यो ? कहिले बस्यो ? म पत्रकार साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, गठबन्धन दलको बैठक होइन, गठबन्धन दलको नेताको बैठक बस्यो भन्न मिल्छ, यसमा सबैले ध्यान दिनुपर्ने छ ।’

महामन्त्री थापले केही दिनअघि प्रधानमन्त्री पुष्पकमदल दाहालसँगको भेटमा आफूले सरकारका विषयमा कुरा राखेको बताए । ‘सरकारले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने थुप्रै कुरा छन्, यो हाम्रो वैरी सरकार होइन, मेरो पार्टी पनि सम्मिलित सरकार हो, मैले पनि मत हालेको सरकार हो,’ उनले भने, ‘कहाँ छ छलफल ? दुई–तीन जना नेता अँध्यारो कोठामा बसेर कुराकानी हुने गरेको छ ।’

पछिल्लो समय सरकारले गरेको सबै राम्रा काम आफूले गरेको र हुन नसक्ने वा नभएका काममा कांग्रेसलाई दोष लगाउने परिपाटी बढेको भन्दै उनलेृ आक्रोश पाखे । भएका कामको जस र हुन नसकेका कामको जिम्मेवारी गठबन्धनभित्र रहेका सबै दलले लिनुपर्नेमा उनको जोड छ ।

सम्मेलनलाई सम्बाेधनका क्रममा थापाले आगामी २०८४ काे चुनावमा काँग्रेस एक्लै निर्वाचनमा जाने समेत बताए । पार्टीभित्रकाे गुट उपगुट ब्यवस्थापनमा नेतृत्वले समयमै चासाे दिनुकाे विकल्प नरहेकाे उनकाे भनाई थियाे ।

महामन्त्री थापाले बिनासूचना नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप भएको समेत बताए । ‘दुई दिनअघि समाचार पढ्यौँ, नेपालको भूभागमा नेपाललाई सूचना नदिइकन भारतीय प्रधानमन्त्रीको भ्रमण भयो भनेर,’ उनले भने,‘यो नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप हो । नेपालले यसको सशक्त प्रतिरोध र प्रतिवाद गर्छ, हामी के ठान्छौँ भने भारतीय प्रधानमन्त्रीले गर्ने यो अतिक्रमण वा कुनै बेला चिनियाँ प्रम गर्ने वा कसैले गर्ने कुराको सन्दर्भमा कांग्रेस मात्र होइन, एमाले, माओवादी, राप्रपा, पुरानो पार्टी नयाँ पार्टी सबैको साझा दृष्टिकोण हुनुपर्छ भन्ने विश्वास राख्छौँ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार