• शनिबार, साउन ९ २०८३

दुर्गा प्रसाईंलाई महेश बस्नेतको चेतावनी: ‘युवा संघको तागत ननाप प्रसाई !’


मंगलबार, असोज २३ २०८०
2.8K
Shares

नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई ‘युवाले तह लगाएको’ टिप्पणी गरेका छन्।

सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनका क्रममा मेडिकल व्यवसायी प्रसाईंलाई केही युवाले कालो मोसो दलेका थिए।

सोही घटनाप्रति टिप्पणी गर्दै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले आज तह लाएछन्। अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ। यस्तालाई सरकारले कारबाही गरोस्। जनप्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाई!’

युवा संघ, नेपाल नेकपा एमालेको भ्रातृ संगठन हो भने बस्नेत यसका पूर्वअध्यक्ष हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार