• शनिबार, साउन ९ २०८३

स्थानिय तहका कर्मचारी आन्दोलनमा: अत्यावश्यक बाहेकका सबै सेवा बन्द


शुक्रबार, असोज १९ २०८०
3.7K
Shares

काठमाडौँ । स्थानीय तहका कर्मचारीहरू शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै काम बन्द गरी सशक्त आन्दोलनमा उत्रिएका छन् ।

संसद्मा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्टी जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

स्थानिय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिका संयोजक दीपक गौतमले सबै स्थानिय तहका नाममा पत्र जारी गर्दै शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पारी अनिश्चितकालका लागि पेन डाउन गर्न आह्वान गरेका छन् ।

गत आइतबारदेखि काठमाण्डौको माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका उनिहरुले आन्दोलनलाई शसक्त बनाउन सबै कर्मचारीहरुलाई आन्दोलनका लागि काठमाडौँ केन्द्रित हुन पनि भनेका छन् ।

के छन् माग ?

आन्दोलित कर्मचारीहरूले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा, विना सहमति चकृय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना, अस्थायी र करार कर्मचारीको व्यवस्थापन, सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायतका माग राखेका छन् ।

स्थानीय तहका कर्मचारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी सरकारलाई दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार