• सोमबार, साउन ११ २०८३

नेपालगञ्जमा आज दिनभरका लागि हटाइयो कर्फ्यू


बिहिबार, असोज १८ २०८०
2.9K
Shares

काठमाडौँ– बाँकेको नेपालगञ्जमा जारी रहेको कर्फ्यू खुकुलो हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यू लाग्नेछ।

बिहीबारका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका सभा बैठक वा प्रदर्शन गर्न, पोष्टर–पम्प्लेट टाँस्न र हुलदंगा वा अशान्ति मच्चाउने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सबैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । मानव अधिकारको पालना र रक्षा गर्न पनि उनले सबैलाई आग्रह गरे ।

‘सार्वजनिक स्थानमा हो-हल्ला नगर्न तथा अवाञ्छित गतिविधि नगर्न र कुनै पनि नीजि जीवनमा असर नगर्नलाई अनुरोध गरिन्छ,’ उनले भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार