• शनिबार, साउन ९ २०८३

१९औं एसियाली खेलकुद: नेपाल भारतसंग २३ रनले पराजित


मंगलबार, असोज १६ २०८०
2.3K
Shares

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसंग २३ रनले पराजित भएको छ ।

हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियाे ।

२ सय ३ रनकाे लक्ष्य लिएर मैदानमा उत्रिएकाे नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रनमा समेटीयाे ।

भारसंग पराजित भएसंगै नेपालको यात्रा समाप्त भएको छ ।

भारतका लागि यशस्वी जैशवालले ४९ बलमा ८ चौका र ७ छक्का सहित शतक प्रहार गरे । त्यस्तै कप्तान रूतुराज गायकवाड २५ रनम बनाइ आउट आउट भए भने रिंकु सिंह ३७ र शिवम् दुवे २५ रनमा नटआउट रहे ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने साेमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

२०३ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप जाेराले उत्कृष्ठ प्रदर्शन गरे । ऐरीले १५ बलमा ३२ रन बनाए भने जाेरा ले १२ बलमा २९ रनकाे पारि खेले ।

त्यस्तै कुशल मल्ल २२ बलमा २९ रन,  कुशल भुर्तेल ३२ बलमा २८ रन, आशिफ शेखले ६ बलमा १० रन बनाए भने करन केसी १३ बलमा १८ रन बनाइ नट आउट रहे । अन्य ले दाेहाेराे रन जाेड्न सकेनन् ।

भारतका लागि बलिङमा रबि विश्वाेइ र आवेश खानले समान ३/३ विकेट, अर्शदिप सिंहले २ विकेट लिए भने साइ किशाेरले १ विकेट लिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार