• शुक्रबार, साउन २९ २०८३

सडक निर्माणमा ढिलाई भएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण


सोमबार, असोज १५ २०८०
2.8K
Shares

गोरखा ठेकेदारले सडक निर्माणमा ढिलाई गरेपछि बारपाक सुलिकोट गाउँपालिकाले पुर्वाधार विकास कार्यालयको ध्यानार्कषणपत्र गराएको छ ।

घ्याम्पेशाल, पाचँखुवा देउराली, ताकुकोट सडक निर्माणमा ढिलाई भएकोले वडा नं ७ ले जिल्ला प्रशासन कार्यालय गोरखालाई समन्वय पत्र र गाउँपालिकाले पुर्बाधारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

२०७७ साउन १४ गते विरुवा/वाइवा एण्ड लामा जेभीसँग सम्झौता गरीएको थियो । २ पटक म्याद थप गर्दापनि पनि ठेकेदारले समयमा काम नसकेकोले पत्र बुझाउन बाध्य भएको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी दिए ।

पटक पटक पटक म्याद थपका बाबजुद पनि निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेको कारण गाउँपालिकाबासीले धेरै दुख÷सास्ती भोगिरहेका गाउँपालिकाले जनाएको छ ।

कार्यालयमा लिखित र मौखिक जानकारी गराउदा पनि अव्यबहारीक कार्यतालिका स्विकृतगराई कार्य सम्पन्न गर्ने आस्वाशन मात्र दिइएको ध्यानर्कषण पत्रमा उल्लेख छ ।

‘वर्षायाम र हालको अवस्थामा पनि सवारी आवागमनमा सहज नभएको र कुनै पनि सहजिकरण गरेको छैन् ।

स्थानिय स्रोत साधन प्रयोग गरेबापत गाउँपालिकालाई बुझाउनुपर्ने राजस्व नबुझाएको अवस्था, यस आयोजनाको अन्तिम म्याद कहिले सम्म रहेको, हालसम्मको प्रगति (भौतिक / वित्तिय) के(कति रहेको, अध्यावधिक गरिएको व्यवहारीक कार्यतालिकासहित कुराहरु खुलाइनुपर्ने’ पत्रमा उल्लेख छ ।

‘ठेकेदारले समयमा काम नसक्दा स्थानियलाई सास्ती, गाउँपालिकासम्म आवात जावत गर्नमा समस्या भएको छ,’ अध्यक्ष भट्टले भने,‘वडा नं ६,७ र ८ नम्वर वडा हुदै गाउँपालिका सम्मको बाटो नै निर्माणमा ढिलाइ भएकोले ध्यानार्कषण बुझाउन बाध्य भएका हौ ।’

ठेकेदारले समयमा मा नै काम सम्पन्न गर्नु भनेर ध्यानार्कषण गराएका उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार