काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसग प्रतिस्पर्धा गर्ने भएको छ ।
सोमबार भएको ‘ड्र’ अनुसार नेपालले भारतसंग मंगलबार प्रतिस्पर्धा गर्ने भएको हो ।
नेपाली टोलीले समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । मंगलबार नै हुने प्रतियोगिताको अर्को क्वार्टरफाइनलमा हङकङ र पाकिस्तान भिड्नेछन् ।
यसैगरी बुधबार हुने अर्को क्वार्टरफाइनल खेल अफगानिस्तान र श्रीलङ्काबिच तथा चौथो क्वार्टरफाइनल खेल बंगलादेश र मलेसियाबिच हुने भएको छ ।