काठमाडाैं । नेपाल आयल निगमले बढेको मूल्यवृद्धि आजै मध्यरातिदेखि लागु हुने गरि फिर्ता हुने लिएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको बताएका हुन्।
प्रधानमन्त्रीको निर्देशनमा निगमले मूल्यबृद्धिको निर्णय फिर्ता लिएको हो ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी मिति २०८०/०६/१४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यबृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ। ‘
नेपाल आयल निगमले शनिबार मध्यरातीदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल प्रतिलिटर ६ र एलपी ग्यास प्रतिसिलिन्डर रु २१५ ले बढाएको थियो । त्यस्तै हवाई इन्धन आन्तारिक तर्फ प्रतिलिटर ८ रुपैयाँ र अन्तराष्टिय तर्फ १.३५ डलरबाट १.०९५ डलर पुर्याइएको थियो ।