• शनिबार, साउन ९ २०८३

माल्दिभ्सलाई १ सय ३८ रनले हराउदै नेपाल एसियाली खेलकुदकाे क्वार्टरफाइनलमा प्रबेश


आइतबार, असोज १४ २०८०
1.7K
Shares

काठमाण्डाै ।  चिनमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली क्रिकेट टीम क्वार्टरफाइनल प्रवेश गरेको छ ।

पुरुष क्रिकेटतर्फ जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा आइतबार भएको समुह चरणको दोश्रो खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराएसंगै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

जितका लागि नेपालले दिएको २ सय १३ रनको चुनौति दिएको थियो । जवाफमा माल्दिभ्स १९.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सलाई सस्तैमा समेट्न बलिङमा नेपालका अविनास बोहराले ३.४ ओभरमा ११ रन दिएर ६ विकेट लिए । उनि टी २० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी समेत बने । सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए

माल्दिभ्सका लागि मुआभिथा गानीले सर्वाधिक ३६ रन बनाए । रसीद रसमले १२ र फ्रेड सिउसले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा सर्वाधिक ५२ रन बनाए । त्यस्तै कुशल मल्लले २० बलमा नट आउट रहदै ४७ रन बनाए । कुशल भुर्तेल र गुलशन झाले समान ३५, ३५ तथा विनोद भण्डारीले १३ रन बनाए ।

माल्दिभ्सका बदिउ इस्माइल नवाजले ३ विकेट लिए । नासिर नेल इस्माली, मोहमेद मिउभान र थोलाल मोहमद रायले एक एक विकेट लिए ।

समूह ए मा रहेको नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो ।

अब नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश मध्ये एक टोलीसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार