काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख तथा कांग्रेस नेता डिल्ली राम खनालकाे निधन भएकाे छ ।
क्यान्सर राेगबाट पीडित खनालकाे शनिबार राति १०:३० बजे काठमाडौं महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे ।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति ओखलढुंगाका पुर्व उपसभापति तथा कांग्रेसका पुर्व महासमिती सदस्य समेत रहेका खनाल गत स्थानिय सरकारकाे निर्वाचन पश्चात् जिल्ला समन्वय समिति ओखलढुंगाकाे प्रमुखमा चुनिएका थिए ।
पारिवारिक श्रोतका अनुसार खनालकाे आइतबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएकाे छ ।