काठमाडौ । सूचनाको हकका लागि राष्ट्रिय महासंघको पहिलो महाधिवेशन सम्पन्न भएको छ । यहि असोज ११ र १२ गते काठमाडौंमा पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन सम्पन्न भएको हो । शुक्रबार सम्पन्न महाधिवेशनले उमिद बागचन्दको नेतृत्वमा २७ सदस्यिय केन्द्रिय समिति सर्वसम्मत चयन गरेको छ ।
महासंघका संस्थापक अध्यक्ष समेत रहेका बागचन्द पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । देशका सातवटै प्रदेशका जिल्लाहरुका प्रतिनिधीले बागचन्दलाई पुन अध्यक्षमा चयन गरेका हुन् ।
त्यस्तै महासंघको बरिष्ठ उपाध्यक्षमा तारा बहादुर भण्डारी, उपाध्यक्षमा बृजराज कुशवाह, महिला उपाध्यक्षमा दुर्गा तिवारी चयन भएको निर्वाचन समितिका संयोजक सन्तोष भण्डारीले जानकारी दिए । त्यस्तै महासचिवमा अजय कुमार शाह, सचिव प्रेम भक्त रेग्मी, कोषाध्यक्ष पुष्पा शर्मा निर्विरोध चयन भए ।
यसैगरी महासंघको केन्द्रिय सदस्यमा सरस्वती तिवारी, राजेश बागचन्द, मोहसिन अलि मियाँ, दुर्गा परियार, श्रवण देउवा, लवदेव ढुंगाना, सन्तोष पाण्डे, राजकुमार कार्की, शिवराज बस्ताकोटी, राजु लामिछाने, डिवी विष्ट र भिम लामा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
महासंघको प्रदेश संयोजकमा कोशी प्रदेशमा नजबुल खान, मधेश प्रदेशमा अजय शाह, बागमती प्रदेशमा गुलाब कुमार चौधरी, गण्डकी प्रदेशमा यदुनाथ बन्जारा, लुम्बिनीमा हेमन्त कर्माचार्य, कर्णालीमा खगेन्द्र भट्टराई र उपत्यका प्रदेश कमिटि संयोजकमा पूर्ण प्रसाद मिश्र चयन भएका छन् ।
सुदुरपश्चिम प्रदेश संयोजक भने चयन नभइसकेको महासंघले जनाएको छ । महासंघको केन्द्रिय समितीमा प्रदेश संयोजक समेत सदस्य रहने ब्यवस्था छ ।
महासंघमा देशभरका सूचनाको हकका अभियान्ताहरु आवद्ध छन् । महासंघले आयोजना गरेको पहिलो सम्मेलनको उद्घाटन बिहिबार प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले गरेका थिए भने शुक्रबार भएको महाधिवेशनका उद्घाटन राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महिन्द्रमान गुरुङले गरेका थिए ।