काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको मतदान सम्पन्न भएको छ । मतदानमा एक हजार एक सय तेतिस मत खसेको छ ।
अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत गरी एक हजार १७४ प्रतिनिधि सहभागी थिए । तर दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहेको जनाइएको छ ।
मतदान विद्युतीय मेसिन मार्फत गरिएको थियो । आजै मध्य राती नतिजा सार्वजनिक गर्ने तयारी भएको जनाइएको छ ।
प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले प्रतिस्पर्धा गरेका छन् । यी दुई उम्मेदवारले अरु चार पदाधिकारीमा पनि प्यानल बनाएका छन् ।