• शुक्रबार, साउन ८ २०८३

सहमतिको प्रयासका लागि एमाले बागमतीको निर्वाचन कार्यतालिका फेरि संशोधन, मतदान सर्‍यो


बिहिबार, असोज ११ २०८०
1.9K
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको काठमाडौंमा जारी अधिवेशनको चुनावी कार्यतालिका पुनः संशोधन भएको छ।

बिहीबार साँझ ६ बजेका लागि तय भएको मतदान भोलि (शुक्रबार) बिहान ८ बजेबाट सुरु हुनेगरी कार्यतालिका संशोधन भएको निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार मतदानका लागि तोकिएको समयसम्ममा सहमतिको प्रयास जारी राखिने भएको छ।

तामाङका अनुसार उम्मेदहरूको अन्तिम नामावली प्रकाशन भने बिहीबार ९ बजे हुने छ। सहमति हुन नसकेको अवस्थाम शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन हुने उनले बताए।

नयाँ नेतृत्व छान्नका लागि हुन लागेको निर्वाचनको यसअघि पनि कार्यतालिका संशोधन हुँदै आएको छ।

बिहीबार बिहान ८ बजेका लागि तय भएको मतदान पुनः साँझ ६ बजेसम्मका लागि स्थगित गरेर सहमतिको प्रयास गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार