• शनिबार, साउन ३० २०८३

सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने


बुधबार, असोज १० २०८०
2K
Shares

काठमाडौँ– सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन असोज ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि असोज ११ गतेदेखि काठमाडौंमा दुई दिने पहिलो राष्ट्रिय सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनमा ७७ जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहने महासङ्घका अध्यक्ष उमिद बागचन्दले जानकारी दिएका छन् ।

पहिलो दिन विभिन्न विषयमा समूह छलफल गर्ने गरी सम्मेलन गरिने छ । ‘सूचनामा आम नागरिकको पहुँच वृद्धि गर्न नागरिक समाज संस्था र सञ्चार क्षेत्रको भूमिका’, ‘अल्पसङ्ख्यक युवा, महिला र पिछडिएको वर्गको सूचनामा पहुँचको अवस्था र चुनौती’ तथा ‘सार्वजनिक निकायमा सूचनाको स्वत:  प्रकाशनको अभ्यास, सूचना व्यवस्थापन र चुनौती’ गरी तीन विषयमा समूह छलफल गरिने महासंघले जनाएको छ । 

सूचनाको हकको क्षेत्रमा क्रियाशील अभियानकर्मीहरूलाई हौसला प्रदान गर्ने र सूचनाको हक सम्बन्धी कानूनलाई मजबुद ढंगले प्रयोगका बारेमा पनि सम्मेलनमा छलफल हुने अध्यक्ष बागचन्दले बताए ।

सम्मेलनको दोस्रो दिन रणनीतिक योजना बनाउने  र महासंघको नयाँ कार्यसमिति गठन गर्दै केन्द्रीय समितिलाई पूर्णता दिने बताइएको छ । नयाँ कार्य समितिको अवधि दुई वर्षसम्म रहने व्यवस्था महासङ्घको विधानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार