काठमाडौं । नेपाल मुस्लिम संघको तेस्रो अधिवेशन ८७ सदस्यिय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतबारदेखि काठमाडौं स्थित राष्ट्रिय सभागृहमा सञ्चालन भएको महाधिवेशनले अताबुल मन्सुरीको नेतृत्वमा ८७ सदस्यिय केन्द्रिय कार्यसमिति चयन गर्दै सोमबार राती सकिएको हो ।
महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए । हिजो सम्पन्न महाधिवेशनले अध्यक्षमा मन्सुरीसहित सबै पदमा सर्वसम्मत चयन गरेको हो । जसमा संघको उपाध्यक्षमा रहम तुल्ला मियाँ, नुरमोहम्मद मियाँ, मोहम्मद जब्बारुद्धिन मियाँ, मोहम्मद जुनैद, महमद सहाबुदिन, सराफत शेख, सत्तार बक्स, अहमद हुसेन, हजिल मियाँ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा सकिना खातुन, रजनी मियाँ र सनम बेगम चयन भए भने महासचिवमा परवेज आलम र इर्शाद अन्सारी सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत भिखारी मन्सुरले जानकारी दिए ।
महाधिवेशनबाट सचिवमा रहमतुल्ला मियाँ, मोहम्मद अख्तर अली, सराफत अलि मियाँ, रहिम मियाँ, शेख मुनिर अहमद, नवाब अलि, मोहम्मद अकरामुल शेख, जसमला मियाँ, अफजल हुसैन, सफर हुसैन, मोहम्मद सरिफ मुसलमान चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा अब्दुल करिम र सहकोषाध्यक्षमा मोहम्मद मोइमुद्धिन भाट निर्विरोध चयन भए ।
महाधिवेशनबाट साजिया बानु, रोशन खातुन, जमिला खातुन, सलेतुन खातुन, रोजिना खातुन र रेखा भुषाल राइन महिला सदस्यमा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सदस्यहरुमा अकबर खान मुस्लिम, समसाद अलि खान, सबिर अहमद, जबुल मियाँ, शमसुल अन्सारी, हबिब हुसैन शाह, शमि अख्तर खान, मोहम्मद नासिर रजा, शाकिरुद्दिन, नुर मोहम्मद, रोशन खान, महमद अलि मियाँ, मुस्ताक अन्सारी, मन्जुर अन्सारी सदरुम राउत गद्दी, उसमान अलि फकिर, मोहसिन अलि मियाँ, जाकिर हुसैन, शाहिद हुसैन, अमिन अलि शेख, शेरबकस मियाँ र अमिरुल्लाह मियाँ सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यमै युसुफ नदाफ, सफातुल्लाह मुसलमान, सहवाज हक, जीवन अलि, मेराज अहमद खाँ, इमामुद्दिन, अलि मियाँ, अब्दुल बासे, शमसाद अहमद, अलिबकस मियाँ, साबिर हुसैन, मेराज अहमद हलवाई, आदिल हुसैन, मोहम्मद सरिफ मियाँ, इनसु मियाँ, मोहम्मद मुस्लिम मियाँ, जिनु रेन मुक्तमिल शाहिल, जलिल मियाँ, मोहम्मद हुसेन मियाँ, असुरदिन मियाँ, सफि मोहम्मद मियाँ, शेर अलि मियाँ, मोहम्मद उस्मान रुइन, साबिर हुसैन, हमिद मियाँ, हजिम मियाँ, शहवाज हुसेन, शुभान अलि सैयद, सउद अहमद खान, सर्फुदिन मियाँ, तेजकुमारी थापा क्षेत्री खाँ चयन भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनका लागि ४३ जिल्लाबाट करिब ४५० जना प्रतिनिधी काठमाडौ आएका थिए । २०६६ सालमा काँग्रेस नेता अब्दुल सत्तारको नेतृत्वमा स्थापना भएको संघको अध्यक्षका लागि यसअघिका बरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्दिनले समेत मनोनयन गरेका थिए । तर सहमतीका लागि भन्दै उनले मन्सुरीलाई समर्थन गरेपछि उनि सर्वसम्मत अध्यक्ष बनेका हुन् । मन्सुरीलाई तत्कालिन अध्यक्ष सत्तारले नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका थिए । संघमा ३ बर्षको कार्यकाल रहने ब्यवस्था छ ।
त्यस्तै आज मंगलबार संघको केन्द्रिय कार्यालय कुपण्डोलमा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो । त्यसलगत्तै बसेको संघको पहिलो बैठकले आगामी कार्यसमिति बैठक चितवनमा गर्ने निर्णय समेत गरेको सचिव रहिम मियाँले जानकारी दिए ।