• शनिबार, साउन ९ २०८३

कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल : काँग्रेस, देशभरबाट सरकारलाई ज्ञापनपत्र बुझाउने


सोमबार, जेष्ठ २६ २०७७
1.1K
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा सोमबारको केन्द्रीय समितिको बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारको गरेका कमजोरी औल्याउदै लिनुपर्ने पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने समेत निर्णय गरेको छ ।

पार्टिको तर्फबाट बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ज्ञापन पत्र बुझउने तथा लिल्लामा पार्टि सभापतिले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन बुझाउने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

बैठकले पर्याप्त स्वास्थ्य सामाग्री आपुर्ति गर्न नसक्नु, स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टचार हुनु, क्वारेन्टिन व्यवस्थित नहुनु, कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफल भएको ठहर काँग्रेसले गरेको छ ।

बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ लगायत स्वास्थ्य क्षेत्रमा भएका अनियमितताको बिषयमा संसदीय छानविन गठन गर्नुपर्ने मागसमेत उठेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार