• शनिबार, साउन ९ २०८३

सुरक्षाको माग गर्दै चिकित्सकहरूको प्रदर्शन


मंगलबार, असोज ९ २०८०
2.1K
Shares

काठमाडौँ। आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरूको काठमाडौंमा प्रदर्शन गरेका छन् । 

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्स लगायत प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले जेल विथ आउट बेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए । उपचारका क्रममा डाक्टरहरू कुटिनु दुखद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले बताए ।

त्यस्तै उनीहरूले अव सरकारले आफूहरू उधारो सहमति मान्य नहुने स्पष्ट पारेका छन् । पोखराको मणिपाल अस्पताल, चितवन लगायतका स्थानमा चिकित्सकमाथि हातपात भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार