• शनिबार, साउन ९ २०८३

ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता


मंगलबार, असोज ९ २०८०
2.8K
Shares

अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको छ।

राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो।

काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा छन्।

वार्तामा मेयर बालेन शाह भने नबस्ने महानगर स्रोतले जनाएको छ।

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन्।

यसअघि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ईःलाई भेटेर वार्ताका लागि सहजीकरण गर्ने बताएकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार