• शनिबार, साउन ९ २०८३

नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्षमा अतावुल मन्सुर निर्विरोध


सोमबार, असोज ८ २०८०
3.2K
Shares

काठमाडौं । नेपाल मुस्लिम संघको अध्यक्षमा अतावुल मन्सुर चयन भएका छन् । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको संघको तेस्रो महाधिवेशनले मन्सुरलाई निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए । तर सहमतीका लागि भन्दै निजामुद्दिनले मन्सुरलाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

हिजो आईतबारदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

संघको अन्य पद भने टुंगिसकेको छैन । संघको महाधिवेशनका लागि देशभरबाट ४५० जना प्रतिनिधि काठमाडौं आएका छन् ।

संघमा ८७ जनाको कार्यसमिति रहने ब्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार