काठमाण्डौ । राज्यका हरेक अवसरबाट बञ्चित गराईंदा मुस्लिम समुदाय पछाडी परेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले बताएका छन् । नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यका हरेक निकायमा समान रुपमा अवसरको ब्यवस्था गर्नुपर्ने माग राखे ।
संघको संस्थापक अध्यक्ष समेत रहेका सत्तारले राज्यले सबै समुदायलाई सुरक्षाको प्रत्याभुत गराउनु पर्ने बताए । धर्मका नाममा कोहि कसैले अराजक गतिविधी गर्न नहुने उनले बताए ।
संघको आजबाट तेस्रो महाधिवेशन काठमाण्डौको राष्ट्रिय सभागृहमा सुरु भएको छ । महाधिवेशनको काँग्रेस सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् ।