काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे पार्टीको धारणा माग गरेका छन् ।
आइतबार कांग्रेस केन्द्रीय समितिमा धारणा राख्दै उनले प्रदेश संरचनाबारे पार्टीको धारणा के हो भनी प्रश्न गरेका हुन् ।
उनले संघीयताका विषयमा बाहिर प्रश्न उठिरहेकाले कांग्रेस यस बारेमा प्रष्ट हुनुपने बताए । उनले ‘संघीयता हामीले संविधानमा लेखेका कारण आत्समात गरेका हौं वा हाम्रो यो चाहना पनि हो । यसलाई लागू गर्ने हाम्रो दृढ इच्छाशक्ति छ कि छैन ? भन्दै प्रश्न गरे ।
देशमा तिन वटा सरकार भएपनि प्रदेश संरचनामाथि प्रहार भइरहेको कांग्रेस केन्द्रीय सदस्य पाण्डेले बताए ।
संबिधानमा कल्पना गरेबमोजिम कानुन बनाउन नसक्दा आफुले मुख्यमन्त्री भएर पनि केहि गर्न सक्ने अवस्था धेरै नभएको बताए ।