• शुक्रबार, साउन ८ २०८३

दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनको अध्यक्षमा शिवराज जैसी निर्वाचित


आइतबार, असोज ७ २०८०
2.2K
Shares

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनको अध्यक्षमा शिवराज जैसी निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा जैसीको प्यानलै विजयी भएको हो।

प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको नेतृत्वका लागि जैसी र कैलाश कार्की चुनावी प्रतिस्पर्धामा थिए।

मतपरिणामअनुसार जैसीले २३ मत पाउँदा प्रतिद्वन्द्वी कार्कीले २० मत पाए। उपाध्यक्षमा सोनु केसीले २९ मत ल्याएर विजयी बन्दा कार्की प्यानलकी सरिता ज्ञवालीले १३ मत मात्रै ल्याइन्।

यस्तै, सचिवमा राजु रिजालले बाजी मारेका छन्। रिजालले ३१ मत ल्याउँदा प्रतिस्पर्धी धमेन्द्र मेहताले १२ मत ल्याए। कोषाध्यक्षमा मनोज पौडेलले २६ मत प्राप्त गरे। प्रतिद्वन्द्वी नवराज पुरीले १७ मत पाएका छन्।

कार्यसमिति सदस्यमा राधेश्याम मल्लले (२८ मत) सागरकुमार भट्टराई (२६ मत), निरुकुमारी लेखक (२१ मत) ल्याएर विजयी भएका छन्। चुनावमा कुल ४३ मत खसेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार