• शनिबार, साउन ९ २०८३

क्यानको अध्यक्षमा चतुर दोहोरिए, सचिवमा पारसको दोस्रो इनिङ्स


आइतबार, असोज ७ २०८०
1.7K
Shares

काठमाण्डाै । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ ।

शनिबार भएको निर्वाचनले अध्यक्षमा चतुरबहादुर चन्द दोश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भए भने । उपाध्यक्षमा रोशनकुमार सिंह पनि निर्विरोध निर्वाचित भएका छन् ।

सचिव पदका लागि भएको निर्वाचनमा नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का निर्वाचित हुदै आफ्नो दोश्रो इनिङ्स सुरुवात गरेका छन् ।

उनले प्रशान्तबिक्रम मल्‍ललाई ११ मतले पछि पार्दै जित हासिल गरेका हुन् । कुल ८५ मतमा पारसले ४८ मत पाउँदा मल्लले ३७ मत पाए ।

यस्तै कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।

खुला सदस्यमा धिरेन्द्र सावद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द र करनमहत्रा क्षेत्री निर्वाचित भएका हुन् । क्षेत्री गोलाप्रथाबाट चुनिएका थिए ।

कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधवकुमार कर्माचार्य, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदिप शर्मा, लुम्बिनीबाट प्रदिप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिमबाट विक्रम बिष्ट सदस्य चुनिएका हुन् ।

कर्माचार्य गोलाप्रथाबाट चुनिएका थिए। मजगैया र केसी निर्विरोध निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार