काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनित गरेको छ ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार भण्डारी सहीत ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित हुनेहरुमा मा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।
डा. भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए भने विश्वकर्मा सहमहामन्त्रीमा पराजित भएका व्यक्ति हुन् ।
मनोनित भएका डा. भण्डारी, शिवप्रसाद हुमागाई र शारदा पौडेल संस्थापन इतरका मानिन्छन् ।