काठमाडौँ । आज संविधान दिवस, देश तथा विदेशमा रहेका कूटनीतिक नियोगमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरि संविधान दिवस मनाइएको छ ।
कार्यक्रममा राष्ट्रपति सहित कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
समारोहमा शान्तिको प्रतीक सेतो परेवा उडाइ विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान जारी भएपश्चात देशमा राजनीतिक स्थायित्व कायम भएको बताए ।
सातै प्रदेश लगायत देशभरका सरकारी तथा निजी कार्यालय, राजनीतिक दल, विदेशस्थित कूटनीतिक नियोग, सङ्घसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।