काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।
दुई अध्यक्ष र तीन जना वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)ले दल दर्ता गराएकाे हाे ।
पार्टीकाे महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष बनेका छन् । यसअघि बरियतामा अगाडि रहेका डा. बाबुराम भट्टराईको वरियता घटाइएको छ ।
भट्टराईभन्दा अगाडि वरिष्ठ नेताको पहिलो सूचिमा अशोक राईलाई राखिएको छ । भट्टराईलाई दोस्रो तथा समग्रमा चौथो वरियतामा राखिएको छ । राजेन्द्र महतो भने पाँचौ नम्बरमा छन् ।