काठमाडौं । सरकारले यसपालिको संविधान दिवसमा पदक वितरण स्थगित गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले हाललाई पदक वितरण कार्य स्थगन गर्ने निर्णय गरेको हो ।
संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषणलाई थप व्यवस्थित र मर्यादित बनाइ विभूषणको गरिमालाइ राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न हाललाइ स्थगित गरिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानुन समेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने समेत सरकारले निर्णय गरेको छ।