• शनिबार, साउन ९ २०८३

संसदीय सुनुवाइ समितिले गर्यो सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन


शुक्रबार, भाद्र २९ २०८०
1.7K
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले को बैठकले उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गरको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नियुक्तिका लागि न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिमा केनै पनि उजुरी नपरेका शर्मालाई योग्यता, क्षमता र अनुभवको आधारमा सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले बताए ।

समितिले अनुमोदन गरेसँगै राष्ट्रपतिले शर्मालाइ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार