• शनिबार, साउन ९ २०८३

मुस्लिम संघको तेस्रो महाधिवेशन असोज ७ र ८ गते हुने, काँग्रेस सभापति देउवाले उद्घटन गर्ने


बिहिबार, भाद्र २८ २०८०
2.5K
Shares

काठमाडौं । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशन असोज पहिलो साता गते हुने भएको छ । नेपाली काँग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन असोज ७ र ८ गते काठमाडौं स्थित राष्ट्रिय सभागृहमा हुन लागेको हो । महाधिवेशन गर्ने बारे संघको गत भदौ २० गते बसेको कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको कार्यवहाक अध्यक्ष अतावुल मन्सुरले बताए ।

दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने तय भएको उनले जानकारी दिए । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रिहरु गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रि फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको सहभागिता रहने संघले जनाएको छ ।

महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट गरी ४ सय २५ जना प्रतिनिधी सहभागी हुनेछन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रिय प्रतिनिधीले महाधिवेशनमा सहभागिता जनाउनेछन् । त्यस्तै महाधिवेशनमा जिल्ला सभापति र सचिव समेत पदेन प्रतिनिधीका रुपमा सहभागी हुने संघले जनाएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएकाे छ । २०६५ सालमा काँग्रेस नेता अब्दुल सत्तारको नेतृत्वमा गठन भएको नेपाल मुस्लिम संघले १ बर्षपछि अर्थात २०६६ सालमा पार्टीको भातृ संस्थाको मान्यता पाएको थियो । संघको पहिलो सम्मेलन २०६६ भदौमा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।

संघका अध्यक्ष अब्दुल सत्तार नेपाली काँग्रेसको चाैधाै महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष रहेका अतावुल मन्सुरलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

संघका महासचिव मुख्तार अहमदका अनुसार हाल संघको महाधिवेशनको तयारी तिब्र पारिएको छ । देशभरबाट आउने प्रतिनिधीहरुको खाने, बस्ने लगायत कार्यक्रमको प्रशासनिक तयारीलाई तिब्र पारिएको उनले बताए । मुस्लिम संघ सबैपार्टीमध्ये मुस्लिम समुदायमा सबैन्दा बढी सदस्य भएको भातृसंगठनको रुपमा रहेको महासचिव अहमदको दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार