• शुक्रबार, साउन ८ २०८३

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा

सरकारी कार्यालयमा झण्डा आधा झुकाइने


मंगलबार, भाद्र २६ २०८०
2.8K
Shares

काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानको उच्च कदर गर्दै मन्त्रिपरिषद्‌को बैठकबाट उनको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।

g

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार